लोकतन्त्रलाई अघि बढाउन नसके खतरामा पर्छ : ओली
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउनेगरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्। उनले राजनीति लोकतन्त्रका लागि चाहिने र लोकतन्त्र देश विकास, जनताको हितका लागि आवश्यक रहेको बताए।
'संसदमा केपी ओली' नामक किताब विमोचन कार्यक्रममा लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने उनको भनाइ छ। आफूले संसदमा बोल्दा देशप्रति र जनताप्रतिको निष्ठाका साथ बोल्ने गरेको ओलीले बताए।
आफूले निष्ठाका साथ राजनीति गरेको र आफ्नो राजनीति जनता र सुशासनप्रति निष्ठाको धारमा अघि बढेको ओलीले बताए। पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका मन्तव्यहरूलाई समावेश गरिएको छ।