मुगुको पुरुमुरु र जिमामा फैलिएको रुघाखोकी 'भाइरल' इन्फ्लुएन्जा'  भएको पुष्टि

मुगुको पुरुमुरु र जिमामा फैलिएको रुघाखोकी 'भाइरल' इन्फ्लुएन्जा'  भएको पुष्टि
बिरामीलाई चेक जाँच गर्दै जिल्ला अस्पातलबाट पुगेको डाक्टरसहितको टोली । तस्बिर  : जीवन सेजुवाल
सुन्नुहोस्

मुगु : जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका-६ पुरुमुरु गाउँमा तीनजनाको ज्यान जानेगरी फैलिएको रुघाखोकी भाइरस इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाउँपालिका-६ का पुरुमुरु र जिमा गाउँमा डेढ साताअघिबाट फैलिएको  मौसमीरुघा खोकीबाट तीनजनाको मृत्यु भएको थियो । 

गाउँ १ सय ५० जना थला परेका थिए । बिरामीहरूमध्ये १० जनाको स्वाव परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो। जाँचका क्रममा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको हो। स्थानीय ज्वरोले थलिएपछि चिकित्सकसहितको टोली गाउँ पुगेको थियो।

जिल्ला अस्पात मुगुका डाक्टर कमल ढुङ्गानाले दिएको जानकारी अनुसार उक्त क्षेत्रबाट १ सय ५० जनामध्ये १ सय ३५ जनामा भाइरल इन्फ्लुएन्जाको लक्ष्यण देखिएको थियो । परीक्षण गराइएका स्वावमध्ये एक १ जनामा कोभिड -१९ , एक जनामा भाइरल  इन्फ्लुएन्जा ए, अर्को एक जनामा भाइरल  इन्फ्लुएन्जा  बी र अरु ७ जना बिरामीमा  भाइरल  इन्फ्लुएन्जा भएको रिर्पोट जिल्ला अस्पातलमा प्राप्त भएको डाक्टर ढुङ्गानाले बताए।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशर बहादुर शाहीले दिएको जानकारी अनुसार केही समय अगाडिबाट फैलिएको रुघाखोकी नियन्त्रण गर्न गाउँपालिकाले औषधिसहित स्वास्थ्यकर्मी  परिचान गरेको छ । बुधबार जिल्ला अस्पातलबाट डाक्टरसहितको टोली गाउँ पुग्ने बताएका छन् । 

उपाध्यक्ष शाहीका अनुसार दुबै गाउँमा अहिले बिरामीको संख्या पहिलाको भन्दा घट्दै आएको छ। सोरुगाँउपालिका —६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही सोही गाउँकी ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुशुम ढोलीको मृत्यु भएको  थियो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.