विराटनगरमा अवैध अस्पताल छ्यापछ्याप्ति :  विराट निदान हस्पिटल पनि दर्ताबिना नै सञ्चालनमा

विराटनगरमा अवैध अस्पताल छ्यापछ्याप्ति :  विराट निदान हस्पिटल पनि दर्ताबिना नै सञ्चालनमा
विराट निदान अस्पतालको अपूर्ण भवन । तस्बिर : जितेन्द्रनारायण ठाकुर
सुन्नुहोस्

विराटनगर : स्वास्थ्य क्षेत्रमा ख्याति कमाएको विराटनगरमा अवैध अस्पताल सञ्चालन गर्ने क्रम दिनादिन बढ्दै गएको पाइएको छ । सरकारी अस्पतालमा कार्यरक्त  चिकित्सकहरूसँग मिलेर विभिन्न नाममा निजी अस्पताल खोल्ने क्रम बढ्दै गएको हो।

विराटनगर- ३ स्थित  विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टर यसको पछिल्लो उदाहरण हो  ।  दर्ता प्रक्रिया पुरा नगरी विगत तीन महिनादेखि सो अस्पतालले आफ्ना सेवा सञ्चालन गर्दै आएको छ । कोशी अस्पतालमा आउने विरामीलाई राम्रो उपचारको नाममा आकस्मिक कक्षबाट रेफर गराएर सो अस्पतालले सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ । 

निर्माणधिन भवनमा अस्पतालको बोर्ड लगाएर आफ्ना सेवा सञ्चालन गर्दै आएको छ ।   अस्पताल सञ्चालनको लागि चाहिने भवनको  मापढण्ड समेत पूरा नभएको अवस्थामा अस्पताल सञ्चालन गर्दै बिरामीलाई भर्ना समेत गर्ने गरेको छ । 

प्रदेश सरकार र विराटनगर महानगरपालिकाले नियमित अस्पतालको अनुगमन नगर्दा राम्रो उपचारको नाममा  विराटनगरमा आउने सर्वसधारणले सास्ती खेप्नु परेको छ ।  सिटि सफारी र अटो चालक प्रयोग गरेर बिमारी ल्याउने र उपचार गर्दै मोटो रकम असुल्ने गरेको सिरहा  घर भएका रमेश यादवले बताए । उनले आफूलाई कोशीमा बेड नभएको भन्दै कोशी अस्पतालको आकस्मिक कक्षबाट त्यहाँ पुर्‍याएको बताए । 

बर्न (जलन) विरामीलाई कोशी अस्पतालमा ल्याएका थियौं,' उनले भने ,‘तर आकस्मिक कक्षमा उपचार सम्भव छैन भन्दै विराट निदानमा रिफर गरियो।'

भवन समेत पूर्णरुपमा निर्माण नहुँदा महानगरबाट प्राप्त हुने स्वीकृति समेत नपाएको अस्पतालमा चिकित्सक र  र त्यहाँ स्वास्थ्य  परीक्षण गर्ने  उपकरण समेत पूर्णत: नभएको  स्रोतले जनाएको छ ।  यसअघि विराटनगरको रेडक्रम परिसरमा सञ्चालन रहेको रेड प्लस अस्पतालका सञ्चाकहरूले नै नाम फेरेर बिराट निदान सञ्चालन गरेको बताए  । 

कोशी अस्पतालको आकस्मिक कक्षमा आएका बिरामीबाट चर्को शुल्क असुल्न विराट निदानमा झुक्याएर पठाउने गरेको खुलेको हो। सो अस्पतलमा कार्यरत एक कर्मचारीका अनुसार रेडप्लस अस्पतालको नाममा स्वीकृति नपाउने भएपछि विराट निदानको नाममा दर्ता गर्न प्रक्रियामा छ ।

कोशी अस्पतालको  आकस्मिक कक्षमा आएका दैनिक २ देखि ५ जनालाई बिरामीलाई विराट निदानमा पठाउने गरेको खुलेको छ।

विराटनगर महानगरपालिकाले स्वीकृति नदिने भएपछि विराट निदान हस्पिटलको नाममा प्रदेशबाट स्वीकृतिको लागि प्रक्रिया सुरु गरेको छ ।  चिकित्सक समेत पूर्णरुपमा नरहेको सो अस्पतालमा विरामी अनुसारको चिकित्सकलाई कल गरेर बोलाउने गरेको बताइएको छ ।स्वीकृति नपाए पनि अस्पतालले भने सञ्चालन हुँदै आएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.