सिन्धुली सुनकोसीका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई निशुल्क कृत्रिम दाँत प्रदान गरिएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ खाल्टे स्थित आत्मीय सामुदायिक अस्पतालमा सुनकोसी गाउँपालिकाको आर्थिक तथा धुलिखेल अस्पतालको प्राविधिक सहयोगामा निःशुल्क कृत्रिम दाँत भर्ने शिविरको आयोजना गरिएको हो ।
शिविरमा सुनकोसी गाउँपालिका–१ देखि ७ नम्बर वडामा छनौंट शिविरमा सबै दाँत झरेका ८० जनामध्ये पहिलो चरणमा ३० जनालाई निःशुल्क कृत्रिम दाँत भर्ने काम थालिएको आत्मीय सामुदायिक अस्पतालका निर्देशक सन्जिब केसीले जानकारी दिए । ‘सबै वडामा गरिएको छनौट शिविरमा ८० बढी ज्येष्ठ नागरिकको दाँत जाँच गरिएको थियो । उनीहरूमध्ये पहिलो चरणमा ३० जनामा कृत्रिम दाँत हाल्न नाप लिएको र दाँतका केही भाँचिएका भागहरु झिक्ने काम सम्पन्न भएको छ,’ उनले भने ।
शिवरमा धुलिखेल अस्पतालका पव्लिक हेल्थ डेन्टिस डाक्टर दिलिप प्रजापतिसहितको ९ जनाको टोलिले सेवा पदान गरेका छन । गाउँपालिका र आत्मीय सामुदायिक अस्पताल बीचको सहकार्यमा पालिकाका ७ वटै वडाका ७ सयबढी जेष्ठ नागरिकले सेवा पाएका छन् । अस्तालमा ज्येष्ठ नारिक, महिला तथा विपन्न र अपांगहरूलाई निःशुल्क सेवा प्रदान गरिँदै आएको निर्देशक केसीको भनाई छ ।
आत्मीय सामुदायिक अस्पताल खाल्टे र धुलिखेल अस्पतालबीच दन्त सेवा सञ्चालनका लागि गत पुस महिनाा सम्झौता भएको थियो । ओेपिडी, इमरजेन्सी, ल्याव, एक्स–रे, भिडियो एक्स–रे लगायतका सेवा सञ्चालन गर्दै आएको आत्मीय सामुदायिक अस्पतालले ओेपिडि सेवा निःशुल्क गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !