हिउँले ढाकियो कर्णाली

हिउँले ढाकियो कर्णाली
सुन्नुहोस्

डोल्पा : कर्णाली प्रदेशअन्तरगतका हिमाली जिल्लाहरूमा वर्षासँगै हिमपात भएको छ। बुधबार दिउँसोदेखि बदलीसँगै रातीदेखि डोल्पा,हुम्ला,जुम्ला,मुगुलगायतका जिल्लाहरूमा वर्षातसँगै भारी हिमपात सुरु भएको हो ।

लामोको खडेरीपछि कर्णालीका गाउँबस्ती,डाँडाकाँडाहरू हिँउले सेताम्य भएका छन् भने खेतबारी र बाटोघाटोमा बाग्लो हिउँ जमेको छ ।रातिदेखिनै आकाशबाट फुरुरु हिउँ झरेपछि कर्णालीका कृषकहरू उत्साहित भएका छन् । त्यतिमात्र होइन लामोसमयदेखि हिउँ देख्न नपाएका हिउँ पारखीहरु समेत फोटा,भिडियो खिच्न व्यस्त छन् ।

 

null

कर्णालीमा हिउँ पर्ने महिना पुस, माघमै हिउँ नपरेर खेतबारीमा लगाएका उवा,गहुँ,जौँलगायतका अन्नबालीहरु सुक्न थालेका थिए। वर्षासँग हिमपात भएपछि कृषकहरु उत्साहित भएका छन्। यतिबेला भएको वर्षातसँगैको हिमपातले अन्नबाली उत्पादन वृद्धिद्धि हुने उनीहरूको को भनाइ छ ।

त्यसैगरी डोल्पाका उपल्लो क्षेत्रका बस्तीहरु हिउँले ढपक्कै ढाकिएका छन् । प्राय बाह्रै महिना हिउँ परिराख्ने उपल्लो डोल्पामा धो,तिन्जे,छार्कालगायतका बस्तीहरुमा बाक्लो हिमपात भएपछि अत्याधिक चिसो बढेसँगै जनजीवन कष्टकर भएको छ ।

null

सर्वसाधारहरुलाइ घर बाहिर निस्कनै गारो भएको उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय पेम्मा छेवाङ् गुरुङ्गले बताए । आठवटा स्थानीय तह भएको डोल्पामा आज प्राय सबै ठाउँमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । 

null

हिमापातले कर्णालीका विभिन्न क्षेत्रमा रहेका नेपाल टेलिकमका टावरसमेत अवरुद्ध भएका छन् । जसका कारण कर्णालीमा फोन तथा इन्टरनेट सेवा समेत प्रभावित भएको छ ।

विमानस्थल अवरुद्ध

वर्षातसँगै भएको हिमपातका कारण धानव मार्गमा हिउँ जमेपछि कर्णालीका विमानस्थलहरू अवरुद्ध भएका छन् । पुस महिना सुरु भएसँगै नेपालगञ्जमा लागेको हुस्सुका कारण अनियमित हुँदै आएका हवाई उडानहरु हिउँका कारण प्रभावित भएका हुन् ।

null

डोल्पाको जुफाल,मुगुको ताल्चा,हुम्लाको सिमिकोटलगायतका विमानस्थहरुमा आज कुनै उडान नभएको नागरिक उडड्यन प्राधिकरणको कार्यालय नेपालगञ्जले जनाएको छ ।

यार्सागुम्बामा वृद्धि

यस पटक परेको वर्षातसँगै भएको हिमपातले कृषकहरु मात्र नभइ यार्सासंकलकहरू पनि उत्साहित भएका छन् । कर्णालीबासीको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा उत्पादन बढ्ने आसामा यार्सासंकलकहरू उत्साहित भएका हुन्।

null

बहुमुल्य जडिबुटी यार्सागुम्बा उत्पादनका लागि अत्याधिक चिसो आवाश्यक पर्ने भएकाले भारी हिमपात र वर्षातले यार्सागुम्बाको गुणस्तरसँगै परिमाणमा समेत वृद्धि हुने स्थानीय संकलकहरूको भनाइ छ । प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार अन्तिमसँग यार्सागुम्बा संकलन गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.