शृङ्खलाबद्ध मोटरसाइकल चोरीमा संलग्न भारतीय पक्राउ

शृङ्खलाबद्ध मोटरसाइकल चोरीमा संलग्न भारतीय पक्राउ

विराटनगर : विराटनगर महानगरपालिका क्षेत्रबाट भइरहेको शृङ्खलाबद्ध मोटरसाइकल चोरीमा संलग्न एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार भारतको अररियास्थित फारवेशगन्जका ३५ वर्षीय सिकन्दर मण्डल पक्राउ परेका हुन्। नेपालको सीमा क्षेत्रबाट संगठित रूपमा गिरोह परिचालन गरेर मोटरसाइकल चोरी गर्ने धन्दामा उनको संलग्नता देखिएको दाहालले बताए। प्रहरीका अनुसार मण्डल गिरोहका नाइके हुन्। 

विराटनगरमा केही समयदेखि शृङ्खलाबद्ध रूपमा मोटरसाइकल चोरी भइरहेको थियो। चोरी नियन्त्रणमा लिन र त्यसमा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष अनुसन्धान टोली परिचालन गरेका थिए। विशेष टोलीले मोटरसाइकल चोरी गर्दाको समयको सीसी क्यामेरा फुटेज संकलन गरेर अनुसन्धान सुरु गरेको थियो। 

फुटेजका आधारमा भारतीय नागरिक मण्डल पक्राउ गरेका हुन्। उनीविरुद्ध चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी दाहालले बताए। 

एसपी पोखरेलका अनुसार मण्डल र उनको समूहले चोरी गरिसकेपछि मोटरसाइकलको नम्बर प्लेट फालेर भारततर्फ लैजाने गरेको पाइएको छ। चोरेर भारततर्फ लैजान लागिएको ३ वटा मोटरसाइकलसमेत विराटनगर महानगरपालिका-१४ बाट प्रहरीले बरामद गरेको छ। ‘लुकाएर राखेको अवस्थामा ३ वटा मोटरसाइकल फेला पारिएको छ,’ एसपी पोखरेलले भने, ‘चोरी गर्नसाथ नम्बर प्लेट फालेर भारततिर मोटरसाइकल कटाउने गरेको पाइयो।’ 

उनका अनुसार मण्डलले अन्य ३ वटा मोटरसाइकल चोरी गर्दै गरेको दृष्य सीसी क्यामेरामा कैद भएको छ। तर, ती मोटरसाइकल प्रहरीले बरामद गरिसकेको छैन। बरामद नभएका ३ वटै मोटरसाइकलका धनी प्रहरीको सम्पर्कमा पुगेका छन्। ती सबै मोटरसाइकल भारत पुर्‍याई सकेको पाइएको प्रहरीको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.