तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन पेस

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि मनोनयन पेस

बुटवल : गौतम बुद्धले २९ वर्ष बिताएको कपिलस्तुको तिलौराकोट दरबार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सरकारले मनोनयन पेस गरेको छ। तिलौराकोटको उत्खननपश्चात् भेटिएका पुरातात्विक तथ्य प्रमाणका आधारमा युनेस्को विश्वसम्पदा केन्द्रका सम्पदामा सूचीकृतका लागि पेस गरिएको हो। युनेस्कोको विश्व सम्पदा केन्द्र फ्रान्समा छ। फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई मनोनयन पेस गरे। भट्टराई युनेस्कोका लागि नेपाल स्थायी प्रतिनिधि पनि हुन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषसहितले तिलौराकोटको उत्खनन कार्य गरेका थिए। त्यही उत्खननबाट प्राप्त प्रमाणले शुद्धोधनको दरबार तिलौराकोटमा रहेको पुष्टि गरेको छ। 

‘संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागसहित विज्ञका रूपमा दुर्हाम विश्व विद्यालयका प्रोफेसरहरूको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाउनु हाम्रो लागि मात्रै होईन सम्पदाप्रेमि सबैका लागि खुसीको कुरा हो’, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले विज्ञप्ति जारी गर्दै भनेका छन्।

युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजनाअन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरू जुटाएको थियो। तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरूबाट चाहिने आवश्यक सहयोग साधन, स्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि निर्देशक समितिसमेत गठन गरिएको थियो।  उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ। सरकारले २०७८÷७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो। विश्वसम्पदा समितिको ४५औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रबद्र्धनात्मक कार्यक्रम गरिएको थियो।   

युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.