नक्कली नोट र लागुऔषधसहित दुईजना पक्राउ

नक्कली नोट र लागुऔषधसहित दुईजना पक्राउ
सांकेतिक तस्बिर।

सर्लाही : हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागुऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका-७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् ।  इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र.०२-०२७ प ४२५६ नम्बर र बिआर ३० एसी ८३१८ नम्बरका दुईवटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात दुवैलाई नियन्त्रणमा लिइ तलासी गर्दा प्र.०२०२७ प ४२५६ नम्बरको मोटरसाइकल चालक संजयको साथबाट उक्त परिमाणको नक्कली नोट र बिआर ३० एसी८३१८ नम्बरको मोटरसाइकल चालक अम्रेन्द्रको साथबाट लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । 

संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बीचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.