कांग्रेसले भन्यो - राष्ट्रिय सभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित
काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको परिणाम अनपेक्षित भएको जनाएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले कोशी प्रकरणलाई गम्भीररुपमा लिएको निष्कर्श निकालेको हो।
बैठकपछि नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट १९ वटा साझा उम्मेदवार पठाएकोमा कोशीमा एउटा सिट गुमाएको बताए। बैठकले यसलाई अनपेक्षित ठहर गरेको उनको भनाइ छ।
उनले भने,'राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित रहेको संसदीय दलको ठहर छ। ' बैठकले यसलाई गम्भीररुपमा लिएको छ।'
माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशीमा गठबन्धनकी साझा उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै नेकपा एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन।