क्यान्सर ह्‍याभ एन्सर !

क्यान्सर ह्‍याभ  एन्सर !

परिवारमा ७१ जना क्यान्सरपीडित भएका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल भन्छन्, ‘क्यान्सर ह्याभ एन्सर’

तपाईं विश्वास गर्नुहुन्छ ? उनले प्रश्न गर्दै थपे, ‘मेरो परिवारमा ७१ जनालाई क्यान्सर भएको छ।’

उनी हुन्, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल। जो तीन दशकदेखि क्यान्सरका बिरामीको उपचारमा तल्लीन छन्। तर, विभिन्न किसिमका क्यान्सर भने उनका आफन्तलाई पछ्याइरहेको छ। आमा, बुवा, काका काकी, मामालगायत नातेदारलाई पिरोल्यो। कसैको अल्पायुमै ज्यान लियो। कोही सदस्य भने क्यान्सरसँग जुधिरहेका छन्। 

आमाको त्यो इच्छा 

कास्कीमा जन्मेका डा. बरालले कक्षा ७ सम्म दरबार स्कुलमा पढे। ८ कक्षामा सिद्धार्थ वनस्थलीमा भर्ना हुन पुगे। एसएलसीपछि अमृत साइन्स कलेजमा आइएस्सी पढे। त्यहीँ बेला आमा बिरामी परेपछि पढाइ स्थगित गरे। आमाको स्याहारसुसारमा लागे। ब्लड क्यान्सरले गालेपछि सिकिस्त आमाले आग्रह थियो, ‘छोरा तिमी क्यान्सरको डाक्टर बन्नू। मेरो अन्तिम इच्छा पूरा गर्नू।’

आमाको इच्छा पूरा गर्ने अठोट लिए। त्रिचन्द्र क्याम्पसमा पुनः आइएस्सीमा भर्ना भए। भारतीय दूतावासको सहयोगमा भारत, उत्तर प्रदेशको इलाहाबादबाट एमबीबीएस गरे। स्वदेश फर्केर वीर अस्पतालमा काम सुरु गरे। त्यतिबेला नेपाल अर्बुद्ध रोग निवारण संस्था (नेपाल क्यान्सर रिलिफ सोसाइटी) को अध्यक्ष डा. अञ्जनीकुमार शर्मा थिए। वरिष्ठ सर्जन डा. शर्माको बागबजारमा अन्नपूर्ण नर्सिङ होम थियो। डा. बरालले पनि सोहि नर्सिङ होममा काम गरे। 

वरिष्ठ सर्जन शर्माको अस्पतालमा भारतका वरिष्ठ क्यान्सर रोग विशेषज्ञहरू आइरहन्थे। भारतको टाटा मेमोरियल अस्पतालबाट डाक्टरहरू नेपाल आएका थियो। टाटामा भारतीय चिकित्सकहरू मात्र अध्ययन गर्थे। डा. शर्माले विशेषज्ञ अनुरोध गरे। डा. बरालले प्रवेश परिक्षामा जाँच दिए। 

दोस्रो नम्बरमा नाम निकाले। डा. भन्छन्, ‘आमालाई ब्लड क्यान्सर त भएको थियो। तर, क्यान्सरविरुद्ध चलाइएको हाई डोजको औषधिले बित्नु भएको पढ्ने बेला थाहा पाएँ। छाँगाबाट झरेजस्तो भएँ।’ दैनिक ८० एमजी सेवन गर्नुपर्ने औषधि ९ सय एमजी सेवन गराइएको रहेछ। औषधिको हाई डोजले मुटुमा असर परेको डा. बरालले पछि मात्र थाहा पाए। 

क्यान्सरका डाक्टर हुने आमाको वचन उनले पूरा गरेरै छोडे। क्यान्सर रोग विशेषज्ञ त भए। तर, क्यान्सरका कारण आफन्तहरू अल्पायुमै ज्यान गुमाउनु परेकामा उनलाई अपशोच छ। 

क्यान्सर वंशाणुगत हुन्छ ?

सार्क फेडरेसन अफ अन्कोलोजिस्ट तथा सार्क फेडरेसन अफ अन्कोलोजिस्ट, नेपालका निवर्तमान अध्यक्ष डा. बरालका अनुसार, सबै क्यान्सर वंशाणुगत हुँदैनन। कुनै–कुनै क्यान्सर मात्र वंशाणुगत हुन्छन्। जस्तैः महिलामा लाग्ने स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर ठूलो आन्द्राको क्यान्सर पनि ५ देखि १० प्रतिशत मात्र वंशाणुगत हुने डा. बराल बताउँछन्।

क्यान्सर : ह्याभ एन्सर

जहिले पनि, जहाँ पनि र जुनसुकै व्यक्तिलाई लाग्न सक्ने रोग हो, क्यान्सर। तर, क्यान्सर हुनबाट जोगिने उपायहरू छन्। डा. बरालका अनुसार स्वस्थ र सक्रिय जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ। क्यान्सरको प्रमुख कारकका रूपमा उनी सुर्तीजन्य पदार्थको सेवन भएको उनको ठहर छ। मद्यपान, विषादीयुक्त खाना, ढुसी परेको खाना, पोलेको मासु खाँदा क्यान्सरको सम्भावना वृद्धि हुने डा. बरालको भनाइ छ। 

 उचाइअनुसारको वजन, नियमित व्यायाम, सन्तुलित भोजन लिई सक्रिय जीवनशैली बिताउने व्यक्तिमा क्यान्सरको जोखिम न्यून हुन्छ। क्यान्सर भइहालेमा पनि उपचारका तीन पद्धति अपनाउन सकिन्छ। ती हुन्, शल्यक्रिया, रेडिएसन र किमोथेरापि। ‘क्यान्सर ह्याभ नो एन्सर भन्ने हाम्रो पहिलो पढाइ हो,’ डा. बराल भन्छन्, ‘यो अहिले विल्कुलै गलत र मिथ्या सावित हुन पुगेको छ। गुरुमन्त्र नै छ, सुरुमा उपचार गरे क्यान्सर निको हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.