एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक जारी
तस्बिर : रासस

काठमाडौं : नेकपा एमालेले संसदीय दलको बैठक जारी रहेको छ। शनिबार दिउँसो नयाँ बानेश्वर स्थित संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बसेको हो।

सभामुखले सोमबार प्रतिनिधिसभाको बैठक बोलाएपश्चात एमालेका सांसदहरु छलफलमा जुटेका हुन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन्। बैठक आज र भोली चल्नेछ।

null

सोमबार प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले राष्ट्रियता, स्वाधिनता, संविधान कार्यान्वयन र जनसरोकारसँग जोडिएका विषयमा  खबरदारीका साथ आवाज उठाउने बताए। उनले भने, ‘संसद्लाई प्रभावकारी बनाउन सरकारले बिजनेस दिनुपर्छ, अहिलेसम्म हेर्दा त्यो छाँटकाँट छैन। संविधान कार्यान्वयनका लागि ३९ भन्दा बढी कानून बनाउन पर्नेछ, सरकारको  विजनेश दिने गति कम्जोर छ, त्यसप्रति अब हाम्रो कडा खबरदारी हुन्छ।’ 

विधेयक अधिवेशनका रुपमा रहने यस हिउँदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन्। अरु विधेयक पनि सदनमा दर्ता हुने क्रममा रहेको बताइएको छ।null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.