क्यान्सरमा फड्को मार्दै नेपाल

क्यान्सरमा फड्को मार्दै नेपाल
सांकेतिक तस्बिर।
सुन्नुहोस्

क्यान्सर जित्नेहरूको पीडादायी अनुभव, जुन भोग्नेलाई मात्र थाहा छ। अनेकन दुखदायी परिस्थितिलाई जितेर पुनर्जीवन पाएका उदाहरणयीय पात्रहरूले नेपालमै क्यान्सरलाई जित्न सकिन्छ भन्ने आशा जगाएको छ।

त्यसैले क्यान्सर समयमा नै पहिचान भएर यसाशीघ्र उपचार गर्न सकेमा पुनः सामान्य जीवनमा नै फर्कन सकिन्छ। तर, क्यान्सरको समयमा नै पहिचान र उपचार हुन नसक्दा  बर्सेनि करिब १५ हजार नेपालीले ज्यान गुमाइरहेको दुखद तथ्यांक स्वास्थ्य मन्त्रालयको छ। साथै वार्षिक ४० हजार बढी नयाँ क्यान्सरका रोगी थपिने गरेको तथ्यांक छ।

हजारौं नेपाली परिवारले क्यान्सरका कारण परिवारको सदस्य मात्र गुमाएको छैन, भएको सबै सम्पत्ति पनि सकाएको छ। त्यसैले खानपान र जीवनशैली सुधार क्यान्सरबाट बच्ने पहिलो उपाय हो। चुरोट, खैनी, सूर्ती, जाँडरक्सीको अत्याधिक सेवन मात्र हैन हामीले अस्वस्थ खानेकुराले पनि क्यान्सर निम्त्याउने गरेको छ। साथै वातावरणीय प्रदूषण पनि क्यान्सरको कारण बन्ने गरेको छ।

सुरुवाती समयमा नै पहिचान भएको क्यान्सर उपचारमा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सफलता प्राप्त गर्दै आएको छ। अन्य आधा दर्जन बढी अस्पतालमा क्यान्सरको उपचार गरिन्छ। यी कामहरू प्रभावकारी रूपमा अघि बढ्नका लागि सरकारको पर्याप्त साथ चाहिन्छ। तर, सरकारले ठोस नीति, योजना, बजेट निर्माण र प्रभावकारी कार्यान्वयन गर्न सकिरहेको छैन।

सरकारले पहिलो कुरा स्वस्थ जीवनशैलीका लागि जनचेतना अभियानमा नै काम गर्नुपर्छ। त्यसपछि क्यान्सर उपचारको प्रविधि र नेपालमै पाइने जडिबुटीमाथि खोज अनुसन्धान र प्रवद्र्धनमा काम गर्नुपर्छ। भएका स्वास्थ्य संस्थाहरूको पूर्वाधार विकास अर्को महत्वपूर्ण कार्य हो। क्यान्सर रोगविरुद्ध लागिरहेका स्वास्थ्यकर्मीहरूलाई थप प्रोत्साहनको पनि जरुरी छ।

अहिले विज्ञ चिकित्सक, उपकरणहरू स्वदेशमै छन्। रोबोटिक सर्जरीबाहेक सबै उपचार सेवा स्वदेशमै रहेको छ। क्यान्सरको उपचारमा भएको यो एक किसिमको छलाङ हो। विशेष गरी तीन किसिमका उपचार पद्धतिहरू शल्यक्रिया, रेडिएसन र केमाथेरापीबाट नेपालका सरकारी र निजी अस्पतालहरूमा क्यान्सरको उपचारमा भइरहेको छ। यसलाई अझ प्रभावकारी बनाउन सरकारी स्तरबाट थप प्रभावकारी योजनाहरू सञ्चालन हुन जरुरी छ। क्यान्सरविरुद्ध उपचारमा प्राप्त सफलताहरूबाट हामी भन्न सक्छौं, नेपालले क्यान्सरलाई जित्दै गएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.