पाठेघरको क्यान्सरलाई कल्पोस्कोपी

पाठेघरको क्यान्सरलाई कल्पोस्कोपी
सुन्नुहोस्

 

कल्पोस्कोपी एक महत्वपूर्ण जाँच हो किनभने यस जाँचबाट महिलामा हुने सर्भाइकल क्यान्सरका बारेमा थाहा हुन्छ। यसबाट महिलामा हुने सर्भाइकल क्यान्सर हुनुभन्दा अगाडि नै पत्ता लगाउन सकिन्छ। महिला जनेन्द्रीय अंगहरू जस्तै पाठेघरको मुख, योनी तथा योनीमार्गमा कुनै असामान्य रोग वा रोगको लक्षणहरू भए पत्ता लगाउन गराइन्छ।

महिलाहरूको रोग परीक्षण गर्ने सिलसिलामा गर्भाशय श्राव (पाप स्मेयर) को जाँच गर्दा कुनै खराबी देखिएमा वा खराबीको शंका लागेमा चिकित्सकद्वारा कल्पोस्कोपी गर्ने सुझाव दिने गरिन्छ। कल्पोस्कोपी गरिँदा यदि महिला जनेन्द्रीयहरूमा (पाठेघरको मुख, योनीद्वार) असामान्य कोषिकाहरू भएको पाइएमा वा कोषिकाहरूको असामान्य वृद्धि पाइएमा ती कोषिकाहरूको बायोप्सी परीक्षण गरिन्छ।

कल्पोस्कोपी किन गरिन्छ त ?

  • सामान्यतया निम्न रोग पत्ता लगाउन कल्पोस्कोपी गरिन्छ :
  • गुप्तांगमा हुने घाउखटिराहरू।
  • पाठेघरको मुखको सुजन (सुन्निे/दुख्ने, सर्भिसाइटिस)।
  • पाठेघरको मुखको अर्बुद रोग (क्यान्सर)।
  • योनीक्षेत्रको बाहिरी प्रकोष्ट वा भगकोष्टमा अर्बुदरोग भएमा।
  • योनीक्षेत्र, योनीद्वार वा बाहिरी भाग, पाठेघरको मुखको अर्बुदरोग हुनुपूर्व हुने परिवर्तनहरूको शंका लागेमा।

कल्पोस्कोपिक परीक्षणले के गर्छ त ?

  • पाठेघर, पाठेघरको मुख वा योनीद्वारमा हुने घाउ, खटिराहरू पत्ता लगाउँछ।
  • रोगका शंकास्पद क्षेत्रहरूसँग सम्बन्धित असामान्य अवस्था वा क्षेत्रको पहिचान गर्छ।
  • रोगको शंकास्पद क्षेत्रका असामान्य कोषिकाहरूको जाँच गर्न मद्दत पुर्‍याउँछ।
  • शल्याक्रिया गर्नुपर्ने खालका अर्बुदरोग भए/नभएको पत्ता लगाउँछ।

कल्पोस्कोपिक परीक्षण कहिले गराउने त ?

  • मूलाधार, योनी, योनीद्वार, गर्भाशय वा पाठेघरको मुखमा शंकास्पद गिर्खा/घाउ, खटिराहरू देखिएमा।
  • गर्भाशयभित्र कडा खाले वा जटिल रोगको इतिहास भएमा।
  • बालिकाहरूमा हुने यौन हिंसा वा व्यभिचार र बलात्कार जस्ता अपराधहरूको निर्क्यौल गर्नुपरेमा।

- एसोसिएट प्रोफेसर श्रेष्ठ कन्सल्ट्यान्ट  गाइने अंकोसर्जन हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.