जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बर्दिया : ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामकिसुन थारूलाई प्रहरीले पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय थारूले सोही नगरपालिका-११ बिजयनगरस्थित कपास विकास फारममा गत १४ गते ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई  शनिबार दिउँसो पक्राउ गरेको हो। 

यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-४ कैलाशनगर बस्ने ६७ वर्षीय पंम बहादुर रानाभाटलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रानाभाटले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-६ महुवा बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। ती किशोरले ललाई फकाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बेलासपुरस्थित दाजु नाता पर्ने व्यक्तिको कोठामा लगेर माघ ४ देखि १४ गतेसम्म जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिपुर नगरपालिका-७ चितायन बस्ने ४८ वर्षीय सिकिन्द्र चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.