मुगुको खत्याडमा आगलागी : एक जनाको मृत्यु, एक बेपत्ता, तीन घर जले

मुगुको खत्याडमा आगलागी : एक जनाको मृत्यु, एक बेपत्ता, तीन घर जले

मुगु : मुगुमा आइतबार राति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। खत्याड गाउँपालिका - २ गाडेखोलामा बस्दै आएका लालु सन्ज्यालको घरमा आगलागी हुँदा एक जनाको शव फेला परेको छ भने अर्का एक जना बेपत्ता भएका छन् । लालुका दुई छोराछोरीमध्ये कसको शव हो भन्ने एकिन हुन सकेको छैन।

सन्ज्यालकोसहित तीन घर  पुर्ण रुपले क्षति भएको छ। उनका भाइ नरबि र दिप सन्ज्यालको घर समेत पूर्णरुपले क्षति भएको खत्याड गाउँ पालिका -२ का वडा अध्यक्ष हेमराज मल्लले जानकारी  दिए।

घरमा आमा र दुई जना दाई बहिनी बस्दै आएका थिए। मृतक बालबालिका बाबु मजदुरी गर्न भारत गएका छन्।

  
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दिएको जानकारी अनुसार राति बालबच्चासहित आमा सरस्वती सन्ज्याल १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्याल घरको गोठमा सुतेका थिए । गोठमा बालेको आगो लाग्दा आमा बाहिर निस्कन सफल भएको र पहिचान हुन नसकेको एक जनाको जलेको अवस्थामा लास भेटिएको छ। थप एक जनाको खोजी भइ रहेको छ।  उक्त  घरको आगलागीबाट चार गाईगोरु जलेका मरेका छन् ।

घटना लगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरी घटनास्थलमा पुगि प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण ल्याउन खोजिएको  थियो । बिहानसम्म पनि २ बच्चा नभेटिएको र आमाले बच्चा बाहिर ननिस्किएको भनी विलौना गरिरहेकाले जलिसकेको हुनसक्ने प्रहरी नायव उपरीक्षक थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.