मुगुको गाँडेखोलामा आगलागी

बहिनी बचाउन गएका विशाल आफैं जले

बहिनी बचाउन गएका विशाल आफैं जले
आगोमा परी मृत्यु भएका दाजु -बहिनी । तस्बिर :अन्नपूर्ण

मुगु : आइतबार राती खत्याड गाउँपालिका-२ गाँडेखोलामा एक घरमा आगलागी हुँदा आमासँगै सुतिरहेका दाजु- बहिनीको मृत्यु भएको छ।  आगोमा जलेर स्थानीय लालु सञ्जयालकी  १२ वर्षीया छोरी झरना र  १४ वर्षीय छोरा विशालको ज्यान गएको हो। 

बेलुका खाना खाइ उनीहरू सुत्न गएका थिए। राती २ बजेतिर घरभित्र एक्कासी आगो दनदनी बल्यो। त्यो कुरा विशालले चाल पाए। । लगत्तै विशालकी आमा सरस्वति र उनी बाहिर निस्के । विशालकी आमा छिमेकीसँग  गुहार माग्न थालिन्। विशाल बहिनी बचाउन घरभित्र पसे।  सुतिरहेकी बहिनी बचाउन गएका बिहाल बाहिर निस्कन सकेनन्। उनी बहिनीसँगै आगोमा जलेर खरानी भए।

विशाल ७ कक्षामा  र  झरना  ४ कक्षामा स्थानीय जनजागरण मावि सेरीमा पढ्दै थिए।

घटनाबारे जानकारी दिँदै खत्याड गाउँपालिका-२ का वडा अध्यक्ष हेमराज मल्लले हृदयविदार घटना घटेको बताए। उनले दुई दाजु बहिनीको मृत्युले गाउँ नै शोकमा डुबेको बताए। उनका अनुसार घरमा आमा र दुईजना बालबालिका मात्रै थिए। 

मृतक बालबालिकाका बाबु लालु सञ्जयाल मजदुरी गर्न भारत छन् । आगलागीबाट लालुको घरसँगै जोडिएका उनका भाइ नरदिप र डिल्ली सञ्ज्यालको घरमा समेत क्षति पुगेको छ।

मृतकका आफन्त बिष्णुराज दाहालले झ्यालबाट विशालले बचाइदिनका लागि गुहार मागेको भएपनि बचाउन नसकेको दुखेसो पोखे। झ्याल फोड्नका लागि चाहिने औजार तत्काल नभेटिदा उनीहरूलाई बचाउन नसकिएको उनको भनाइ छ।

घरभित्रै बालेको आगोबाटै आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक विरेन्द्र थापाले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टर आएपछि शवको पोष्टमार्टम गरिने प्रहरीले बताएको छ । आगलागीबाट चार गाईगोरु पनि जलेर मरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.