हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिन्छौं : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिने बताएका छन्।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएकाले बढीभन्दा बढी विधेयक ल्याएर पारित गर्न जोड दिने बताए। राम्रो वातावरणमा संसद बैठक सुरु भएकाले विधेयकहरू अघि बढ्ने उनको भनाइ छ।