मातृ भाषालाई कामकाजको भाषा बनाउनुपर्छ

मातृ भाषालाई कामकाजको भाषा बनाउनुपर्छ

मातृभाषा भनेको आफ्नो आमाले बोल्ने भाषा हो। हामी जन्मिएपछि आमाबुवा र परिवारसँग जुन भाषामा संवाद गर्न सिक्छौं वा भनौं हाम्रो प्रथम बोली जुन भाषामा बोलिन्छ त्यसैलाई मातृभाषा भनिन्छ। मातृभाषा हाम्रो पहिचान हो। हाम्रो पहिचानलाई मान्यता दिलाउन हाम्रो सबल प्रयास हुनु आवश्यक छ। 

मैथिली भाषा समृद्ध र ऐतिहासिक भाषा हो। यति मात्र नभई नेपालमै नेपाली भाषीपछि सबैभन्दा धेरै जनमानसले बोल्ने दोस्रो ठूलो भाषा पनि मैथिली हो। यस भाषाको प्रवद्र्धन र विकास जुन रूपमा हुनुपर्ने हो, त्यो हुन सकेको छैन। मैथिली भाषाको आफ्नै लिपि छ। आफ्नै व्याकरण छ। आफ्नै अलंकार छ र आफ्नै शब्दकोष छ। यी सबै विशेषता भएपछि यो भाषा आफैंमा उत्कृष्ट हुनु स्वाभाविक नै हो। तर, पनि मैथिली भाषालाई सम्मान प्राप्त नहुनु दुखद हो। 

देशमा संघीयता आएपछि मैथिली भाषाको प्रवद्र्धन होला भन्ने आशा गरिएको थियो। संघीयताले तीन तहको सरकार दियो। जसको प्रमुख उद्देश्य आफ्नो पहिचान स्थापित गर्नु थियो। तर, मधेस प्रदेश सरकार गठन भएको ६ वर्ष बितिसक्दा पनि कामकाजको भाषा निर्धारण गर्न सकेको छैन। मधेस प्रदेशको मुख्य कामकाजको भाषा मैथिली हुनुपर्छ भन्ने हाम्रो माग हो।  

(चौधरी मैथिली विकास कोष जनकपुरधामका अध्यक्ष हुन्।) 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.