काठमाडौं : सिनियर टोलीबाट डेब्यु गर्ने अवसर पाएका आकाश चन्दले नेपालका लागि पहिलो विकेट लिएका छन्। त्रिवि क्रिकेट मैदानमा शनिबार क्यानडाविरुद्ध जारी दोस्रो खेलमा चन्दको बलमा नवनीत धालीवाललाई आसिफ शेखले क्याच आउट गराएका हुन्।
ओपनर धालीवालले ६० बलमा ४६ रन बनाएका छन्। उनले ८ चौका प्रहार गरेर बाहिरिए।
१८ ओभरसम्म विकेट लिन नसक्दा नेपाल दबाबमा परेको छ। १८.२ ओभरमा चन्दले डेब्यू विकेट लिएका हुन्। क्यानडाले १९ ओभरमा १०० रन बनाएको छ।
नेपालविरुद्धको एकदिवसीय सिरिजमा क्यानडाले टस जितेर ब्याटिङ रोजेर खेलिरहेको छ। यता क्रिजमा रहेका आरोन जोनसनले ४६ रनमा खेलिरहेका छन्। उनलाई साथ दिन परगट सिंह आएका छन्।