उच्च शिक्षामा कालो बादल नलागोस्

इजलास

उच्च शिक्षामा कालो बादल नलागोस्

त्रिभुवन विश्वविद्यालय राष्ट्रको धरोहर हो। यो विश्वविद्यालय नेतृत्वविहीन भएको लामो समय भइसकेको छ। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा नेतृत्वको नियुक्तिका सम्बन्धमा विभिन्न सुझाव दिएको थिएँ। प्रधानमन्त्री दाहाललाई आमजनताले मनमा चिरकालसम्म स्मरण गरिरहने अवसर हो, यो। उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा भए मुलुकको उच्च शिक्षामा अँध्यारो बादल लाग्छ। त्यसैले उपकुलपतिको नियुक्तिमा दलगत राजनीतिले प्रश्रय पाउनुहुँदैन।

  • प्राज्ञिकलाई प्राथमिकता

 प्राज्ञिक व्यक्तिलाई उपकुलपतिमा नियुक्त गरौं। विश्वविद्यालय हाँक्ने क्षमता भएका व्यक्तिलाई छनोट गर्नुपर्छ भन्ने जनमत छ। जनमतको कदर गरौं। प्राज्ञिकतालाई प्राथमिकता दिऊँ। 

  • योग्यताको सम्मान 

विश्वविद्यालयलाई दलगत राजनीतिक अतिक्रमणबाट जोगाऔं। नेतृत्व गर्ने व्यक्ति योग्य हुनुपर्छ। नेतृत्व नै योग्य भएन भने मातहतका व्यक्ति कस्ता होलान् ? 

  • प्रभावकारी नेतृत्वसिप 

विश्वविद्यालयको उपकुलपतिले विभिन्न दलका शीर्ष नेताहरूसँग परामर्श गर्नुपर्ने हुन्छ। त्यसैले नेतृत्वसिप र समन्वय गर्न सक्ने गुण भएको व्यक्तिको चयन हुनुपर्छ। 

  • स्वच्छ छवि 

स्वच्छ छवि र सादगी व्यक्ति हुनुपर्छ। उपकुलपतिको राम्रो छनोट नै सबै समस्याको समाधान होइन।  

  • अन्तर्राष्ट्रिय अनुभव 

 विश्वका विभिन्न विश्वविद्यालयमा प्रचलित यस्ता नियुक्तिहरूमा आफूले देखेका योग्य व्यक्तिहरूलाई सोझै सम्पर्क गरिन्छ। 

(माथेमा, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.