बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको स्वीकार्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

टेलिभिजनको प्रत्यक्षप्रसारणमा राजीनामा

बाल यौन दुर्व्यवहारका दोषीलाई माफी दिनु गल्ती भएको स्वीकार्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा
सुन्नुहोस्

हंगेरीकी राष्ट्रपतिले टेलिभिजनमा प्रत्यक्षप्रसारणमा आएर राजीनामा दिएकी छन्। उनले आफूले गल्ती गरेको स्वीकार गर्दै राजीनामा दिएकी हुन्। 

 
हंगेरीका राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएकोमा खेद प्रकट गर्दै राजीनामा दिएकी छन् ।

गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशक विरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने एक व्यक्तिलाई माफी दिएकी थिइन्। उनको निर्णयको हंगेरीमा विरोध बढ्दै गएको थियो र उनको राजीनामाको माग भइरहेको थियो।

नोभाकले टिभीमा लाइभ आएर आफूले गरेको निर्णयप्रति खेद प्रकट गर्दै यो माफी दिएर आफूले गल्ती गरेको बताइन्।

माफीको यो निर्णयलाई अनुमोदन गर्ने तत्कालीन न्यायमन्त्री जुडित वर्गाले पनि आफू प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट हुने युरोपेली चुनावको अभियानबाट हट्ने बताएका छन्। 
  
गत वर्ष अप्रिलमा पोप फ्रान्सिस हंगेरी आएपछि राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेकी थिइन्। गत हप्ता यी २५ कैदीको नाम सार्वजनिक गरिएको थियो ।

तीमध्ये बुडापेस्ट नजिकैको बाल गृहका उपनिर्देशकको नाम पनि थियो, जसलाई तीन वर्षको सजाय सुनाइएको थियो।

उनले बालआश्रय केन्द्रका निर्देशकमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिएका थिए ।

यस मुद्दामा निर्देशकलाई पनि आठ वर्षको जेल सजाय सुनाइएको छ । बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.