छोराछोरीको हत्यापछि रविनाले आत्महत्या गरेको निष्कर्षमा प्रहरी

छोराछोरीको हत्यापछि रविनाले आत्महत्या गरेको निष्कर्षमा प्रहरी
सुन्नुहोस्

काठमाडौं : ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलकी रविना मर्हजनले शनिबार दिउँसो आफ्नै घरको तेस्रो तलाबाट हामफालिन। 

लुगा उठाउन भन्दै छतमा पुगेकी उनले तेस्रो तलाबाट हाम्फालेकी हुन्। छतमा पुग्नुअघि नै उनले कोठामा खेलिरहेका २ जना छोरा र छोरीलाई सिरानीले मुख थुनेर अचेत बनाएकी प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

इमाडोल ओचुहाइटमा रहेको उनको घरमा प्यारालाइसिसले थलिएकी सासु मात्रै थिइन्। रविनाले सासुसँग लुगा उठाउन जान्छु भन्दै छतमा उक्लिइन्। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीका अनुसार छतबाट हाम्फालेको अवस्थामा भेटिएकी रविनाको घटनास्थलमै मृत्यु भएको थियो। कोठाभित्र रहेका छ वर्षीय छोरा अश्वित र २ वर्षीय छोरी रिवा अचेत अवस्थामा भेटिएका थिए। 

उनीहरू तीनै जनालाई उपचारका लागि किष्ट अस्पताल पुर्‍याइएको थियो। तर अस्पतालले उनीहरूको मृत्यु भइसकेको घोषणा गर्‍यो। प्रहरीका अनुसार घटनास्थलमा कुनै सुसाइड नोट तथा घटनाको प्रमाण फेला परेको छैन। 

बच्चाहरूको हत्या गरेर रविनाले आत्महत्या गरेको प्रहरीको अनुमान छ। प्रहरी प्रवक्ता कार्कीका अनुसार घटनाको दिन उनका श्रीमान् बिहानैदेखि घरबाहिर थिए।  अनुसन्धान अधिकृतका अनुसार रविना कम बोल्ने अन्तर्मुखी खालकी थिइन। 

दुई बच्चाको हत्यापछि रविनाको आत्महत्याले सिँगो परिवार नै शोकमा डुबेको छ। रविनाका श्रीमानले श्रीमतीसँग केही झगडा नभएको र उनले कहिल्यै कुनै गुनासो नगर्ने गरेको बयान दिएका छन्। उनीहरूको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.