ठेकेदार दोषी छैनन्, ठेक्का लगाउने बढी दोषी छन् : अर्थमन्त्री

ठेकेदार दोषी छैनन्, ठेक्का लगाउने बढी दोषी छन् : अर्थमन्त्री
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महतले गलत मान्छेहरूले ठेक्का दिँदा राज्यमाथि दायित्व बढेको बताएका छन्। सोमबार सिंहदरवारमा भएको पत्रकार सम्मेलनमा उनले ठेकेदारहरूलाई बचाउ गर्दै राज्य संयन्त्रमाथि नै प्रश्न उठाएका हुन्। 

'ठेकेदारले काम गरे, त्यो उनीहरूको दोष होइन। स्रोत नभई जसले ठेक्का दिए उनीहरूको दोष हो,' उनले भने। कतिपय योजनाको मिति पुग्दासमेत पूरा हुन नसकेको र ठेकेदारहरूले समेत काम गरेको रकम नपाएको सन्दर्भमा अर्थमन्त्री महतले सो कुरा बताएका हुन्।

उनले कुनै पनि काम भन्नेलाई नभएर गर्नलाई भन्ने गरेको बताए। तर राज्यका कतिपय नीतिले समस्या पैदा गर्ने गरेको उनको भनाइ छ। 'कतिपय हाम्रै नीतिका कारण काम गर्न समस्या पैदा हुन्छ। समस्या हुने ठाउँहरूमा सुधारका काम भइरहेको छ। धेरै सुधारका कार्यक्रम कार्यान्वयनमा पनि लगेका छौं। सुधारका इन्डिकेटर छिट्टै देखिन्छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.