मुगुको खत्याड गाउँपालिकामा पनि जनयुद्ध दिवसमा सार्वजनिक बिदा
मुगु : मुगुको खत्याड गाउँपालिकामा पनि सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
खत्याड गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाहीले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार जनयुद्ध दिनलाई स्मरण गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
दिवसका दिन गाउँपालिका अन्तर्गतका सबै सरकारी तथा गैरसरकारी संस्था बन्द रहने छन्।