विराटनगरमा शंकास्पद वस्तु फेला, दुई जना पक्राउ

विराटनगरमा शंकास्पद वस्तु फेला, दुई जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। विराटनगर महानगरपालिका–३ मा प्रेसर कुकरमा टेपले बाँधेर राखेको अवस्थामा उक्त वस्तु फेला परेको हो। 

आँपको रुख र एउटा घरको बीचमा हिजो साँझ उक्त वस्तु फेला परेको थियो। घटनास्थललाई प्रहरीले रातभर सुरक्षा दिएको थियो। घटनास्थल वरपर मानिस आवतजावतमा रोक लगाइएको छ। 

शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ। सेनाको टोलीसँग समन्वय गरेर डिस्पोजको तयारी गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी छेदीलाल कामतीले जानकारी दिए। सेनाले डिस्पोज गरिसकेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने उनले बताए। 

निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउने समूहले शंकास्पद वस्तु राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरु यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट आवद्ध रहेको खुलेको छ। उनीहरुको पूरा विवरण प्रहरीले सार्वजनिक गरेको छैन। 

विप्लव समूहबाट अलग भएर विद्यालयलगायतमा चन्दा आतंक मच्चाइरहेको पाइएको प्रहरी स्रोतले बतायो। घटनास्थलमा ‘आर्थिक सहयोग गरिदिनु हुन’ भनेर लेखिएको पर्चा पनि फेला परेको छ। मोरङ प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गरेर यस विषयमा विस्तृत जानकारी दिने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.