सार्वजनिक बिदामा बेथिति

सार्वजनिक बिदामा बेथिति
सुन्नुहोस्

सर्वाेच्च अदालतले जनयुद्ध दिवसका नाममा फागुन १ गते बिदा नदिन सरकारलाई निर्देशनात्मक आदेशै गर्नुप¥यो । संघ सरकारले दिएको त्यस्तो बिदा खारेज सर्वाेच्चले गर्दागर्दै पालिकाहरूले भने धमाधम बिदा घोषणा गरे । अयोध्यामा सिंगो भारतभरि आधा दिन बिदा दिएको बेला नेपालका पालिकाले भने दिनभरि छुट्टी गरिदिए । कतिसम्म भने स्थानीय सरकारले यस्ता दिवसमा मात्रै होइन, आफूलाई मन लाग्नेबित्तिकै बिदा दिने गरेका छन् । जेलबाट अपराधी छुटेको खुसीमा होस् या पालिकाका जनप्रतिनिधिका आफन्त बित्दा वा बिहेबारी पर्दा पनि बिदा दिने चरम मनलाग्दी पालिकाहरूमा फैलिएको छ ।

नेपालको संविधानले दिएको अधिकार र कर्तव्यको सूचीमा पालिकाहरूले बिदा दिन पाउने भन्ने छैन । स्थानीय सरकार सञ्चालन ऐनले पनि बिदा दिनेबारे बोलेको छैन । पालिकाहरू बेलगाम बिदाका पछि कुदेको कुद्यै छन् । बिदा दिनु नै सबैभन्दा ठूलो उपलब्धि र हर्षबढाइँको सबैभन्दा उत्तम उपाय हो भन्ने मनोविज्ञान उकासिएको छ । कर्मचारी काम गर्दागर्दै थकित गलित भएको भन्ने बहानामासमेत पालिकाहरूले बिदा दिएका उदाहरण छन् । 

संघ सरकारले चाडबाड, दिवस, र जयन्तीहरूमा गरी वर्षभर ३५ दिन बिदा दिन्छ । ३ सय ६५ दिनमध्ये ५२ वटा त शनिबारे बिदा हुन्छ । प्रदेश सरकारहरूले वर्षमा अधिकतम ६ दिन बिदा दिन पाउँछन् र दिन्छन् । र, त्यसमाथि दुर्घटना र विपद् आइलाग्दा पनि संघ सरकारले बिदा थप्ने अनौठो चलन नेपालमै छ । यस हिसाबले वर्षमा १०० दिन बिदामै जान्छ । अर्थात् वर्षमा तीन महिनाभन्दा बढी बिदा हुन्छ ।

बिदा भनेको सुविधामात्रै होइन, आवश्यकता हो । आरामका लागि मात्रै बिदा आवश्यक हुन्छ । निरन्तरको कामबाट छुट्टी लिँदा र पाउँदा व्यक्तिको सिर्जनशील क्षमतामा वृद्धि हुन्छ । व्यवस्थापनको त्यही सिद्धान्त र मान्यताका आधारमा साप्ताहिक बिदाको प्रचलन बसेको हो । तर दिवसका नाममा र जनतासँग कुनै सरोकारै नराख्ने विषयमा बिदा दिनु चाहिँ सिर्जनशीलताको ह्रास गर्नु हो । अर्काे कुरा, कुनै उत्सव र शोक मनाउने तरिका भनेको बिदा होइन । 

त्यसको त झन् सिर्जनशील उपयोग हुनुपर्छ । पालिकाहरूले जसरी बेलगाम बिदा दिइरहेका छन्, त्यसमा संघ सरकारले लगाम लगाउन जरुरी छ । देश विकास र निर्माणको बेला रातोदिन नभनी काममा जोतिनुको साटो बिदामा रमाउनु दुःखद् हो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.