आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जका लागि सहकार्य

आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जका लागि सहकार्य
सुन्नुहोस्

काठमाडौं : 'आईएमएस' र  'सबको फोन'ले 'आईएमएस सबको फोन एक्सचेन्ज'को घोषणा गरेका छन्।  नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक “आईएमएस” र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण गरिएका मोबाइल फोनहरू तयार गर्ने अग्रणी कम्पनी सबको फोनले  आईएमएस सबको फोन एक्सचेन्जको सुरुवातका लागि साझेदारीको घोषणा गरेका हुन्। 

विभिन्न ब्रान्डका मोबाइल प्रयोगकर्तालाई आफूले प्रयोग गरेको फोन साटेर सामसङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो विकल्प प्रदान गर्ने उद्देश्यले यो मोबाइल एक्सचेन्ज सुविधा सुरु गरिएको हो।

यो एक्सचेन्ज सुविधा अन्तर्गत ग्राहकले आफूले प्रयोग गरेका जुनसुकै ब्राण्डका मोबाइललाई नयाँ सामसङ स्मार्टफोनसँग साट्न सक्नेछन्। आइएमएस सबको फोन एक्सचेन्ज सुविधा अन्तर्गत प्रदान गरिने वेबमा आधारित प्रणालीको प्रयोग गरी ग्राहकहरूले आफूले प्रयोग गरिको फोनको विवरण भरी १ मिनेटमा फोनको मूल्य प्राप्त गरी नयाँ सामसङ स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सक्नेछन्। 

यस्तो एक्सचेन्ज सुविधा प्राप्त गर्नका लागि ग्राहकले आफूले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ। प्रथम चरणका लागि यो सुविधा हाल सामसङ को आधिकारिक आईएमएस स्मार्ट आउटलेटहरू र काठमाडौंमा रहेका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ।

सबको फोनका संस्थापक उत्तम काफ्लेले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै आइएमएस र सबको फोनबीचको यस साझेदारीले मोबाइल प्रयोगकर्तालाई मोबाइल एक्सचेन्ज सहज र छिटो बनाउँदै उचित मूल्य प्रदान गर्ने लक्ष्य राखेको बताए। 'एक पटक प्रयोग गरिएका फोनहरूलाई upcycle गरी पुनः प्रयोग गर्न सके विद्युतीय फोहोरको (e-waste) समस्याहरूलाई समेत सम्बोधन गर्न सकिन्छ। हामीले सुरु गरेको यस प्रयासले नेपालमा वातावरण र पुनः प्रयोगप्रति जिम्मेवार र सामाजिक उत्तरदायी उद्यमशीलताको प्रतिनिधित्व गर्नेछ,' उनले भने। 

आईएमएस ग्रुपका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले सबको फोनसँगको सहकार्यले नेपालमा मोबाइल एक्सचेन्जलाई सहज बनाउनेछ भन्नेमा विश्वस्त रहेको बताए। यो सुविधाको कार्यान्वयन पहिलो चरणमा काठमाडौंका आउटलेटहरूमा केन्द्रित हुने र विस्तारै एक्सचेन्ज सुविधा नेपालभर उपलब्ध गराउने योजना रहेको बताए।

सबको फोनको प्रविधिसँग आइएमएसको विशेषज्ञतालाई संयोजन गरेर आफ्ना ग्राहकहरूलाई प्रयोगमा आइसकेका फोनहरूको उचित मूल्य प्रदान गरी सामसङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो र सुविधाजनक बनाउने आइएमएसको योजना रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.