चापाकोटलाई सुन्दर सहर बनाइन्छ : कानुन मन्त्री गुरुङ
स्याङ्जा : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मौलिकपन जोगाउँदै चापाकोट नगरपालिकालाई ‘सुन्दर सहर’ को रूपमा विकसित गर्ने बताएका छन्।
चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको ‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला’ को उद्घाटन गर्दै मन्त्री गुरुङले चापाकोटलाई सुन्दर सहर बनाउने बताएका हुन्।
चापाकोट कृषि क्याम्पस, ग्रामीण सडक, सिँचाइ, अस्पताल, कालीगण्डकीमा पुल निर्माण लगायतका कार्य अघि बढेको उनको भनाइ छ। आँप, लिची, कटहर, केरा लगायतका फलफूलसँगै धान, मकै र तरकारी उत्पादनसँगै जोडिएर मनग्गे आम्दानी लिन सकिने जनाउँदै यसतर्फ स्थानीयवासीले रुचि देखाउनुपर्नेमा जोड दिए। महोत्सव १३ गतेसम्म सञ्चालन हुने छ।