बर्थिङ सेन्टरमा भिडियो एक्सरे सेवा सुरु
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुईवटा बर्थिङ सेन्टरमा सुविधायुक्त भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याएको छ।
शुक्रबार वडा नम्बर ६ को आनन्दवन स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु गरिएको वडाध्यक्ष गणेश पाठकले जानकारी दिए। यसअघि सेमराबजार स्वास्थ्यचौकीमा सेवा सञ्चालन गरिएको छ। नगरपालिकाले यी दुवै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ।
स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा नहुँदा गर्भवतीहरू निजी अस्पताल धाउनुपर्ने बाध्यता रहेको वडाध्यक्ष पाठकले जानकारी दिए। निजी अस्पताल र क्लिनिकहरूले १ हजार ३ सय ५० देखि १ हजार सात र लुम्बिनी प्रादेशिक अस्पतालले सात सय ५० रुपैयाँ भिडियो एक्सरेको शुल्क लिने गर्छ। तर, आफूहरूले ६ सय ५० रुपैयाँ मात्र शुल्क निर्धारण गरिएको पाठकले बताए।