प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा सुरु
जनकपुरधाम : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामले मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब सेवा सुरु गरेको छ। क्याथ ल्याबको शनिबार मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
सो अवसरमा मुख्यमन्त्री यादवले आफूले गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता र संरचनागत तथा व्यवस्थापकीय सेवा सुधारका लागि काम समेत बताए।
उनले उपचार नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने बाध्यताको अन्त्य गर्न र मुटु रोगीले समयमै उचित उपचार प्रदान गर्नका लागि क्याथ ल्याब सुरु गरिएको बताए। उनले अस्पतालका उपकरण छिटो बिग्रने कुराप्रति आफ्नो ध्यानाकर्षण भएको र भविष्यमा यस्तो हुन नदिने समेत उनले बताए।