नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरेबियामा
साउदी अरेबिया : साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी आइपुगेका छन्।
उनीहरूको स्वागतका लागि साउदीको जेद्दा शहरमा नेपाली वाणिज्य दूतावासमा कार्यरत कन्सुलेट श्रम सहचारी ताम्रराज काफ्ले, एनआरएनए साउदी र एनआरएन आरसिसि जेद्दा टिम लगायतले खादा ओढाइ टिमलाई स्वागत गरेका थिए।
आगामी फागुन ७ गतेदेखि हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ। साथै नेपालको समूहमा प्यालेस्टाइन, इराक र सिरिया छन्। समूह ‘ए’मा आयोजक साउदी अरेबियासहित गुआम, लेबनान र जोर्डन छन्।
नेपालले पहिलो खेल फागुन ८ गते सिरियासँग, १० गते इराकसँग र १२ गते प्यालेस्टाइनसँग खेल्दै छ। खेलाडी र प्रशिक्षक टोली गरी २९ जना सहभागी हुने छन्। टोलीमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङ रहेका छन्।
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा –कप्तान), उषा नाथ, अञ्जना राना मगरडिफेन्डर : गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी
मिडफिल्डर : अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल
फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ्ग, सबिता राना मगर