राष्ट्रियता गम्भीर संकटमा छ, गठबन्धन भत्कदैन : महामन्त्री सिंह

राष्ट्रियता गम्भीर संकटमा छ, गठबन्धन भत्कदैन : महामन्त्री सिंह
सुन्नुहोस्

अर्घाखाँची : नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालको राष्ट्रियता गम्भीर संकटमा परेको बताएका छन्। प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले विभिन्न घटनामा दोषी भ्रष्टचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुनेमा जोड दिएका हुन् । 

‘देश अहिले गम्भीर संकटमा छ, गणतन्त्र धर्म निरपेक्षता लगायतका उपलब्धिहरु जोखिममा परेका छन्।’ उनले भने ‘प्रतिगमनकारीहरु अराजकता फैल्याएर प्राप्त उपलब्धिहरुलाई समाप्त पार्ने दाउमा छन्। त्यो सफल हुने सम्भावना छैन तर दलहरु सचेत हुनुपर्छ।’

वर्तमान अवस्थामा गठबन्धन भत्कने कुनै सम्भावना समेत नभएको बताउँदै उनले पाँच दलीय गठबन्धनले पाँच वर्ष सरकार चलाउने बताए। उनले अमेरिका लगायतका शक्तिशाली देशहरुले राजनीतिक पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न आइपुगेको दाबी गरे। विगतमा यहाँका दलका नेताहरुलाई आफ्नो अनुकुल प्रयोग गर्दै आएकोमा अहिले पार्टी नै स्थापना गरेर नेपालमा हस्तक्षेप गर्न लगाएको सिंहले बताए। अमेरिकाले आफ्नो स्रोत साधनको प्रयोग गरेर आफ्नो अनुकुल काम गर्नका लागि राजनीतिक दलमा लगानी गरेको उनले दावी  गरे।

चीनलाई साईजमा राख्नका लागि अमेरिकाले नेपालको भूमि प्रयोग गर्न खोजेको समेत दाबी गरे। ‘अहिले अमेरिकाको मुख्य प्रतिस्पर्धा चीनसंग छ, त्यसले गर्दा पनि उसले चीनलाई साईजमा राख्न नेपालको भूमि प्रयोग गर्न खोजिरहेको छ।’उनले भने,‘यहाँको अस्थीरतामा खेलेर नयाँ दलमार्फत त्यो स्वार्थ पूरा गर्ने तयारीमा रहेको देखिन्छ।’


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.