झापामा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते
फाइल तस्बिर
सुन्नुहोस्

झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। मेचीनगर नगरपालिका-१२ स्थित पाथीभरा टोलका ४-५ जना महिला मंगलबार दिउँसो साढे १२ बजे घर नजिकैको कालिका सामुदायिक वनमा दाउरा खोज्न गएका थिए। दाउरा खोज्दै हिँडेकामध्ये ३१ वर्षीया चन्द्र कुमारी आङदाम्बेलाई जंगली हात्तीले आक्रमण गरेका थिए। 

एउटा जंगली हात्तीको आक्रमणबाट उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ। घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए। वनमा घटना भए लगतै प्रहरी चौकी चारआली र इलाका प्रहरी कार्यालय धुलाबारीको टोली घटनास्थल पुगेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.