कलैयामा ‘सद्‍भाव र्‍याली’ हुने

कलैयामा ‘सद्‍भाव र्‍याली’ हुने
सुन्नुहोस्

कलैया : बारामा क्रियाशील राजनीतिक दलले तराईका केही जिल्लामा सामाजिक सद्‍भाव बिथोल्ने गतिविधि भइरहेको भन्दै त्यसो नगर्न अपिल गरेका छन्। जिल्ला भित्र क्रियाशील १२ राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधिले एक संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक एकता भंग हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका हुन्। 

पछिल्लो समय सामाजिक सद्‍भाव एवम् धार्मिक सहिष्णुतामाथि खलल पुग्ने गतिविधिप्रति ध्यानाकर्षण भएको भन्दै दलको नेतृत्वले सबै धर्म र संस्कृतिको सम्मान गर्न तथा एकआपसमा एकता कायम राख्न आग्रह गरेका छन्। जिल्ला भित्र जातीय सद्‍भाव बिथोल्ने गतिविधि नगर्न आग्रह गर्दै राजनीतिक दलले त्यस्ता गतिविधि कानुनविपरीत हुने समेत जनाएका छन्। 

विज्ञप्तिमा सामाजिक सद्‍भाव बिथोल्ने सामग्रीहरु सामाजिक सञ्जालमा नराख्न र त्यस्ता गतिविधि गर्नका लागि उकास्ने काम समेत नगर्न अनुरोध गरिएको छ। संयुक्त विज्ञप्तिमा नेकपा एमाले बाराका अध्यक्ष एवम् कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, नेपाली कांग्रेसका प्रतिनिधि चन्द्रिकाप्रसाद गुप्ता, नेकपा माओवादी केन्द्रका प्रतिनिधि मुकेश साह, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक चन्दनकुमार स्वर्णकार, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष गिरधारीप्रसाद चौधरी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामबाबुप्रसाद यादव, जनमत पार्टीका जिल्ला अध्यक्ष शिवनाथ पटेल, एकीकृत समाजवादी पार्टीका क्षेत्रीय संयोजक वीरेन्द्रप्रसाद यादव, नागरिक उन्मुक्ति पार्टीका मधेस प्रदेश अध्यक्ष रामचन्द्र चौधरी, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादव, विवेकशील साझा पार्टीका जिल्ला अध्यक्ष डा. सुशील साह र नेपाल जनता दलका केन्द्रीय सदस्य गोपाल दासले हस्ताक्षर गरेका छन्। 

कलैयामा बुधबार सर्वपक्षीय ‘सद्‍भाव र्‍याली’ हुने

कलैयामा बुधबार बिहान सर्वपक्षीय सद्‍भाव र्‍याली हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा बिहान ७:३० बजे सद्‍भाव र्‍याली हुने भएको हो। जिल्ला प्रशासन कार्यालय परिसरबाट निस्कने सद्‍भाव र्‍यालीमा सहभागी हुन् कार्यालयले सामाजिक संजाल फेसबुकमार्फत अपिल गरेको छ। 

पछिल्लो समय केही जिल्लामा सामाजिक सद्‍भाव बिग्रने गतिविधि देखिएको भन्दै कार्यालयले सामाजिक एकता बलियो रहेको सन्देश प्रवाह गर्न सद्‍भाव र्‍यालीको आयोजना गरेको हो। ‘जिल्ला प्रशासन कार्यालय परिसर कलैयाबाट सर्वपक्षीय सद्‍भाव र्‍याली आयोजना गरिएको हुँदा सबै राजनीतिक दल, जनप्रतिनिधि , धार्मिक संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय क्लबलगायत आम बारा निवासी दिदीबहिनी, दाजुभाइलाई र्‍यालीमा उपस्थित भई सामाजिक सद्‍भाव कायम गर्ने कार्यमा योगदान पुर्‍याउनुहुन हार्दिक अनुरोध छ’, जिल्ला प्रशासन कार्यालय बाराको अपिलमा भनिएको छ। 

यसअघि बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्‍भाव बिग्रन नदिनका लागि दलीय भूमिका निर्वाह गर्ने सम्बन्धमा छलफल भएको थियो। छलफलमा सामाजिक सद्‍भाव र एकता बिग्रन नदिने प्रतिवद्धता जनाएका राजनीतिक दलले संयुक्त अपिल जारी गरेका हुन्।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.