राहुघाटको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ ‘ब्रेक थ्रु’

राहुघाटको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ ‘ब्रेक थ्रु’
राहुघाट जलविद्युत आयोजनाको अडिट २ र ३ जोड्ने सुरुङ ब्रेक थ्रु भएपछि सामुहिक तस्विर खिचाउदै जनप्रतिनिधि, आयोजनाका अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिहरु। तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ ‘ब्रेक थ्रु’ जोडिएको छ। 

जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ। राहुघाटको प्रर्वद्धक नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा हाइड्रोपावर लिमिटेड हो। 

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दोस्रो र तेस्रो अडिट जोड्ने ३ हजार ८३६ मिटर लामो सुरुङ जोडिएको जानकारी दिए। 

null ‘रघुगंगा गाउँपालिकाको अधेरीखोलामा रहेको दोस्रो अडिटबाट एक हजार ९३९ मिटर र पिप्लेको तेस्रो अडिट बाट १ हजार ८९७ मिटर सुरुङ खनिएको छ,’ उनले भने ‘राहुघाटको कुल ६ हजार २७० मिटर मध्य हालसम्म ५ हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ।’ 

३५३ मिटर सुरुङ खन्न बाँकी छ। चार वर्षअघि देखि बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट राहुघाटको सुरुङ निर्माण शुरु गरिएको थियो। पहिलो र दोस्रो अडिट जोड्ने २ हजार ३३२ मिटर लामो सुरुङ मध्य ३५१ मिटर खन्न बाँकी छ। 

बाँध र पहिलो अडिट जोड्ने ७७ मिटर लामो सुरुङ मध्य ७५ मिटर खनिएको छ। पिप्ले स्थित तेस्रो अडित देखि सर्ज साफ्ट जोड्ने २५ मिटर लामो सुरुङको यसअघिनै ‘ब्रेक थ्रु’ भएको थियो। 

सुरुङबाट आउने पानीलाई विद्युतगृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ। पिप्लेमा ६१ मिटर गहिरो सर्च सफा्ट निर्माण सकिएको छ।   विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो। 

सर्ज सफा्टदेखि टप प्रेसर साफ्ट जोड्ने ५४१ मिटर मध्ये ४८ मिटर खन्न बाँकी छ। टप प्रेसर सफटदेखि भर्टिकल सर्ज सफट जोड्ने १७१ र भर्टिकल प्रेसर सफटदेखि वटम प्रेसर सफट जोड्ने ३२९ मिटर सुरुङ यसअघिनै निर्माण भएको थियो। 

विद्युतगृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेस मध्य २८ मिटर निर्माण सकिएको, ६३ मिटरमा काम भैरहेको र ३७ मिटर बाँकी रहेको छ।  राहुघाटको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका व्यवस्थापक राज विष्टले बताए। 
‘आगामी सन २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने कार्ययोजना सहित काम भैरहेको छ,’ उनले भने ‘सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई एकैसाथ तिब्रता दिएको छ।’ 

बाँध निर्माण स्थलमा ११९.७ मिटर लामो, ३१ मिटर चौडाई र १६ मिटर अग्लो डिसेन्टर बनाउन थालिएको छ। ११२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुलुसबाट खोला डाइभर्सन गरेर डिसेन्डर बनाउन थालिएको हो। 

null१७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध निर्माणको काम ६० प्रतिशत भन्दा बढी सकिएको छ। विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ। 

इलेक्ट्रोमेकानीकल सम्बन्धी काम गर्न विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का सम्झौता भएको थियो। भेलसँगको ठेक्का सम्झौताको म्याद सन २०२४ नोभेम्बर महिनासम्म थपिएको छ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण भइरहेको छ। 

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो। 

बि.स. २०७४ मंसिरमा छ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो। जेपीका निर्देशक प्रविणकुमार सिंहले राहुघाट निर्माणलाई पूर्णता दिने प्रतिवद्धता जनाए।  

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले शंकाका बिच राहुघाट जलविद्युत आयोजना निर्माणले गति लिएकोमा खुसी व्यक्त गरे। परामर्शदाता कम्पनी वाकफोसका परामर्शदाता रमेश बाबुले दोस्रो र तेस्रो अडिटको टनेल जोडिएकोमा ठेकेदार, आयोजनालाई बधाई दिए।   

nullपहिलो र दोस्रो अडिट जोड्न बाँकी ३५१ मिटर सुरुङ आगामी जुन र ४८ मिटर बाँकी प्रेसर साफ्ट अप्रिल महिनामा ब्रेक थ्रु गर्ने कार्ययोजना बनाइएको छ।  यस आयोजनाले वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो।

सर्वोच्च अदालतको २०७८ असार २९ को आदेस पछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टि र बालुवा उत्खनन् रोकिदाँ आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव हुनु चुनौतिका रुपमा देखिएको छ। 

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.