२४औं बुढासुब्बा गोल्डकप फागुन २६ देखि

२४औं बुढासुब्बा गोल्डकप फागुन २६ देखि
सुन्नुहोस्

धरान : २४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २६ गतेदेखि धरान रंगशालामा हुने भएको छ। आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको छ। 

गोल्डकप प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रताप तामाङले बताए। उनले प्रतियोगितामा टिममा लिग च्याम्पियन चर्च ब्वाइज, थ्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौं, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब युके एफसीले सहभागिता जनाउने बताए। 

प्रतियोगिताको विजेतालाई  नगद १० लाख र नगद ५ लाख पुरस्कार वितरण गरिने क्लबका महासचिव नवीन राईले बताए। त्यस्तै विधागत खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार प्राप्त गर्ने क्लबका उपाध्यक्ष घनश्याम बुढाथोकीले बताए। 

उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने उनको भनाइ छ। प्रतियोगिता सम्पन्न गर्न ६६ लाख ५५ हजार खर्च लाग्ने छ। प्रतियोगितामा ७७ लाख ६० हजार आम्दानी हुने क्लबले जनाएको छ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.