एनसेल सामाजिक पहलका लागि १६५ बढी प्रस्ताव

एनसेल सामाजिक पहलका लागि १६५ बढी प्रस्ताव
सुन्नुहोस्

काठमाडौं : एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरू प्राप्त गरेको छ। कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागू हुनेगरी यो कार्यक्रम सञ्चालन गरेको हो।

हालः एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनको मूल्यांकन गरिरेहको जनाएको छ। एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका इच्छुक गैरनाफामूलक संस्थाहरूबाट आआफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो । 

एनसेलका अनुसार देशभरिबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जीविकोपार्जन सहयोगलगायतका क्षेत्रमा विकास कार्य गर्न उत्साहजनकरूपमा प्रस्तावहरू प्राप्त भएका छन्। लागू हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावनालगायतका आधारमा कार्यक्रमहरू छानिने कम्पनीले बताएको छ। 

तोकिएको मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रति कार्यक्रम १० लाख रुपैयाँ प्रदान गर्नेछ। यस सामाजिक पहलअन्तर्गत कूल १८ आयोजानाहरू छानिनेछन्। प्रत्येक एक प्रदेशमा दुई आयोजना लागू गरिनेछन्। बाँकी चार आयोजनाहरू प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यन्वयन गरिनेछन्। 
   
दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ। 

एनसेलले सबै भन्दा ठूलो करदातामध्ये एकका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्‍याउँदै आएको छ। आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७९-८० सम्ममा कम्पनीले कर तथा गैरकरहरू गरी ३ खर्बभन्दा बढी राजश्व सरकारलाई तिरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.