धरान एक्स्पो सुरु

धरान एक्स्पो सुरु
सुन्नुहोस्

धरान : स्थानीय उत्पादन र व्यापार व्यवसाय प्रवर्द्धन गर्नका लागि धरान एक्स्पो सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको एक्स्पोको पर्यटनमन्त्री सुदन किरातीले उद्घाटन गरेका छन्। 

धरानको व्यापार व्यवसाय प्रवर्द्धन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उद्देश्यका साथ सुनसरी उद्योग वाणिज्य संघले एक्स्पो आयोजना गरेको हो। 

स्थानीय कृषि उपज बेसार, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गर्दै यहाँको आर्थिक गतिविधि वृद्धि गर्न तथा पर्यटन, सूचना प्रविधि, कला संस्कृति, शिक्षा, तथा औद्योगिक व्यापार प्रदर्शनी गर्ने  उद्देश्यले एक्स्पोको आयोजना गरिएको अध्यक्ष विजय श्रेष्ठले बताए।    

एक्स्पोमा १५० वटा स्टल राखिएको छ। ५ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा  छ । फागुन २३ गतेसम्म सञ्चालन हुने एक्स्पोबाट धरानको व्यापार व्यवसाय सञ्चालनमा थप सहयोग पुग्ने आयोजकले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.