अमेरिकाले रुसमाथि ५०० भन्दा बढी नयाँ प्रतिबन्ध लगायो

अमेरिकाले रुसमाथि ५०० भन्दा बढी नयाँ प्रतिबन्ध लगायो

युक्रेनमा रुसले विशेष सैन्य कारबाही सुरु गरेको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुस विरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी विपक्षी नेता एलेक्से नाभाल्नीको रुसको आर्कटिक क्षेत्रको पेनल कोलोनीमा मृत्यु भएको कारणले पनि प्रतिबन्धहरू लगाइएको बताएका छन्। सो घटनामा वाशिङ्टनले रुसी सरकार जिम्मेवार रहेको दाबी गरेको छ ।

'यी प्रतिबन्धहरूले नाभाल्नीको कारावासका साथसाथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार, खरीद नेटवर्कहरू र थुप्रै महाद्वीपहरूमा प्रतिबन्धहरू बेवास्ता गर्ने व्यक्तिहरूलाई लक्षित गरेको छ,' बाइडेनले उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.