रुसी सेनामा आफ्ना नागरिक भर्ती भएका भारतको पुष्टि

रुसी सेनामा आफ्ना नागरिक भर्ती भएका भारतको पुष्टि
फाइल तस्बिर।

नयाँ दिल्ली : भारतको विदेश मन्त्रालयले मुलुकका केही नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको शुक्रबार पुष्टि गरेको छ। मन्त्रालयले उनीहरूलाई फिर्ता ल्याउन मस्कोसँग वार्ता गरिरहेको समेत बताएको छ। 

करिब १८ भारतीय युक्रेनमा रुसको युद्धको अग्रपङ्क्तिमा विभिन्न सीमावर्ती सहरमा फसेको हिन्दू अखबारले बुधबार बताएको थियो। अखबारका अनुसार कम्तीमा तीन भारतीयलाई रुसीहरूसँग मिलेर लड्नका लागि ‘बाध्य’ पारिएको थियो। 

विदेश मन्त्रालयले भारतीयहरूले युद्धमा लडाकूको भूमिका निर्वाह गरेका थिए भन्नेबारेमा पुष्टि गरेको छैन तर एक विज्ञप्तिमा भनेको छ, 'केही भारतीय रुसी सेनाको सहायक नोकरीका लागि भर्ती भएको जानकारी प्राप्त भएको छ।'

'भारतीय दूतावासले नियमितरूपमा उनीहरूको शीघ्र रिहाइका लागि सम्बन्धित रुसी अधिकारीहरूसँग यस मामिलालाई उठाइरहेको छ', विज्ञप्तिमा भनिएको छ, 'हामी सबै भारतीयसँग उचित सावधानी अपनाउन र यो युद्धबाट टाढा रहन आग्रह गर्दछौँ।'

भारतीयहरूलाई दुबईस्थित भर्तीकर्ताहरूले उच्च तलब र रुसी पासपोर्टको वाचा गर्दै धोका दिएको दि हिन्दूको रिपोर्टमा आरोप लगाइएको छ। मस्कोमा पुगेपछि भारतीयहरूलाई कथितरूपमा ‘रुसी सेनाबाट हतियार र गोलाबारुद’ सम्हाल्नका लागि प्रशिक्षित गरिएको र जनवरीमा अग्रपङ्क्तिमा पठाइएको थियो। 

स्वदेश फिर्ताका लागि गरिएको‘बारम्बारको आग्रह’ लाई मस्कोमा भारतीय दूतावासले ‘बेवास्ता’ गरेको एक व्यक्तिले अखबारलाई बताएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.