ढोकैमा पुर्‍याइदिउँला

ढोकैमा पुर्‍याइदिउँला

चन्द्रनाथ काकाको मनमा दुईचार दिनदेखि त्यति शान्ति छैन। छोरो सोमनाथले गाउँ छाडेको पनि वर्षौं भयो। आमा चाहिँ हुँदासम्म त कैलेकैले छोरोले फुन गथ्र्यो– ‘बुढीमाउसँगै यो घरको सत् सप्पै हरायो।’ सोमनाथकी आमा देहवसान भएपछि यसरी नै दिनदिनै फत्फताउँथे चन्द्रकाका, बरण्डामा बसेर।

‘पाहुनापासाले समेत पत्याउन छाडे– ‘यसो आँखासमेत तन्काउँदैनन् भन्या यता... !’

एक्लो जीवन अनि छोराको न्यास्रोले पनि होला, एकदिन भाले बास्नभन्दा पनि पहिले यात्रा तय गरेछन् बुढाले राजधानीतर्फ। छोराछोरी जति बाठा भए’ नि के गर्नु ? काठमाडौं भन्ने सहरको नाम मात्रै सुनेको हो चन्द्रकाकाले, योभन्दा पहिले। दिनभरको हिँडाइपछि एउटा ट्रक चाहिँ भेटेछन् हाइवेबाट। साँझ छिप्पिई सकेपछि झार्दियो रे चालकले, कलंकी चोकमा।

सोमनाथ चाबेलमा बस्छ भन्ने चाहिँ थाहा छ काकालाई। तैपनि रात छिप्पिँदै गा’छ, कसरी पत्तो लगाउनु चाबेल ? आफूजस्तै भर्खरै राजधानी उक्लेका मान्छेको हुलका बीचमा दुईतिन्टा पोको बोकेका काकाको पुसेजाडो भने ह्वात्तै तात्न थालेछ। यसरी यिनको होसहवास उडेजस्तो भान पाएर नजिकैबाट एउटा मकै पोल्ने ठिटो बोल्छ, ‘ए, बा ! कहाँ पुग्ने हो ?’

काका : चाबेल, बाबु। छोरो 

भेट्न आ’को गाउँबाट।

ठिटो : अब ढिला भइसक्यो। आजलाई चाबेल जाने गाडी पाइन्न। म पनि चाबेल बस्थें। घरबेटीले भाडा बढाकोबढाइ गरेपछि (धेरै भा’छैन) यता कलंकी सरेको। आखिर सडकमा मकै पोल्ने मान्छेलाई के चाबेल के कलंकी ? ए साँची, फोन नम्बर छ त बा, छोराको ?’

काका : भोक र थकाइ दुवै एकैचोटी लाग्या छ। सातआठ वर्ष जति पहिलेदेखि पट्याएर राखेको कागत हो यो। काम आउने र’च यस्तो बेला। लिउ यो फुन लम्मर। भगवान् साक्षात्कार भएजस्तो भो बाबु, तिम्लाई भेट्दा। हाम्रै सोमनाथलाई नै भेटे जस्तो भै’गो नि मलाई अब।

‘सोमनाथ ? सोमनाथ त धेरै सुनेको नाम हो मैले।’ मनमनै सोच्दै ठिटोले आफैंले खोल्यो कागत। घोरिएर हे¥यो नम्बर पनि पहिले ठ्याक्कै त्यही नम्बरबाट आउँथ्यो बेलाबेला ठिटोलाई घरभाडाको ताकेता ‘खोइ केटा, पैसो ?’

महिना सुरु हुने बेला भो’त भनेर। ठिटो एकछिन त अक्मकायो– झल्याँस्स बिउँझे जसरी काकाको मुखमा हे¥यो।

पुरानो घरबेटीको चेहरा सम्झ्यो, तैपनि भन्यो– ‘बा, धेरै थाक्नु भा’रच। आज यहीँ मेरै कोठामा बस्नुस्। यदि हजुरलाई अप्ठेरो हुन्न भने यही नबिकेर बाँकी रहेको मकै बाँडेर खाम्ला। अनि भोलि बिहानै म हजुरलाई सोमनाथ साहुको गेटैमा पु¥याइदिम्ला।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.