दार्चुलाको महाकालीमा कार्यरत नगर प्रहरी मृत फेला
दार्चुला : दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक नगर प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्।
महाकाली नगरपालिका-४ खलंगास्थित डेरा गरी बस्ने वडा नम्बर ८ कि २२ वर्षीया रविना पल्याल कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए।
आइतबार दिउँसो २ बजेको समयमा आफ्नै कोठामा रहेको पंखाको डण्डीमा झुन्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
मृतक पल्याल आजै बिहान १० बजे घरबाट आएको बताइएको र २ बजेदेखि नगरपालिकामा ड्युटी रहेको महाकाली नगरपालिकाका असई मोहन सिंह धामीले बताए।