फागुन १७ देखि नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै

फागुन १७ देखि नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै
सुन्नुहोस्

काठमाडौं : एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौँ नेपाल मेडिकल तथा ल्याब एक्सपो गर्ने भएको छ। एक्सपो यहि फागुन १७ देखि १९ गतेसम्म भृकुटीमण्डपमा संचालन हुने आयोजक पक्षले जनाएको छ।

 प्रत्रकार सम्मेलनमा एसडी प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको जानकारी दिए। उनले एक्स्पोमा सबैभन्दा ठूलो बिटुबि मेडिकल,डाइग्नोस्टिक,ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुन लागेको बताए।

उनका अनुसार  प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउनेछ।  एक्सपोले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउदै आफ्ना सृजनाहरू परिचित गराउने सुनौलो अवसर दिने उनले दावी गरे।

कार्यक्रममा बोल्दै केमसान नेपालका अध्यक्ष भक्त बहादुर हमालले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष नयाँ आविष्कार  हुने भएकाले ती कुरा अस्पतालसम्म पुर्याउने उद्देश्यले एक्स्पो हुन लागेको बताए। उनले यस प्रदर्शनीबाट नयाँ कम्पनीहरूका लागि स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर हुने बताएका जिकिर गरे।

उनले प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न ८ देशका उत्पादकले आफ्ना ८०० बढी ब्राण्ड र १००० बढी उत्पादन प्रदर्शनीमा राखिने बताए । 

प्रदर्शनीमा अस्पतालहरूका प्रमुख ,डाक्टरहरू, रोग विशेषज्ञहरू, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञ, वैज्ञानिक, डिलर, वितरक , आयातकर्ता,खुद्रा विक्रेता र अन्य खरिददार समूहहरूका लागि मुख्य आकर्षण हुने हमालको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.