झापामा ६६ हजार नगदसहित जुवा खेलिरहेका १२ जना पक्राउ

झापामा ६६ हजार नगदसहित जुवा खेलिरहेका १२ जना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा : झापाको शिवसताक्षीमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार मध्यराती करिब १२ बजेको समयमा शिवसताक्षी नगरपालिका ११ स्थित नहर चौकका ४७ वर्षीय चेतन दुलालको घरमा छापा मारेको थियो। 

दुलालको घरमा कौडा खेलिरहेका घरधनी दुलालसहित शिवसताक्षी ९ का ४७ वर्षीय पूर्णकुमार लिम्बु, सोही ठाउँका २६ वर्षीय मोहन दुलाल, ४५ वर्षीय लोकनाथ दुलाल, शिवसताक्षी १० का ३६ वर्षीय रबिन राई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए। 

प्रहरीले घटनास्थलबाट नगद ६६ हजार ६५ रुपैयाँ, १६ थान कौडा,  कौडा खेलाउँदा प्रयोग भएको म्याट, काठको फ्रेम र ११ थान मोबाइल बरामद गरेको प्रहरी निरीक्षक गिरीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.