सुरक्षाका नाममा सडक पेटीमै हिँड्न निषेध

सुरक्षाका नाममा सडक पेटीमै हिँड्न निषेध
सुन्नुहोस्

काठमाडौं : सुरक्षाकर्मीको जिम्मेवारी संवेदनशील स्थल र सर्वसाधारणको सुरक्षा गर्ने हो। सर्वसाधारणलाई सडकमै हिँड्न रोकेर सुरक्षाको ‘अनुभूति’ दिलाउने होइन। तर, सिंहदरबारबाहिर र वानेश्वरका सडकमा अहिले त्यस्तै भएको छ। 

लघुवित्त पीडित सोमबार संसद् भवन परिसरमा छिरेपछि भएको सुरक्षा सकसलाई जवाफ दिने नाममा सिंहदरबार र संसद् भवनबाहिरको पेटीमा समेत हिँड्न निषेध गरिएको हो। यसका लागि बाक्लै सुरक्षाकर्मी खटाइए। ठाउँ–ठाउँमा निषेधित क्षेत्र भनेर ‘कागजका चिर्कटा’ टाँसिए। एकाएक सुरक्षामा कडाइ गरिएका कारण पैदलयात्रीले ‘भय र आतंक’ महसुस गरेको देखिन्थ्यो।  

दुवै स्थलका फुटपाथमा तारजाली र डोरी लगाएर बन्द गरिएको छ। सर्वसाधारण मूल सडकबाटै हिँड्न बाध्य भए। निषेधित क्षेत्रको फुटपाथमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सुरक्षा संवेदनशीलता हेरेर केही स्थानमा फुटपाथ बन्द गरिएको बताए। निषेधित क्षेत्रका एकतर्फका फुटपाथमा मात्रै डोरी लगाइएको उनले बताए। ‘ती क्षेत्रहरू पहिलेदेखि नै निषेधित हुन्,’ शर्माले भने, ‘कुनै पनि बहानामा ती क्षेत्रमा भेला हुन र आन्दोलन गर्न पाइँदैन। सुरक्षाका दृष्टिले उच्च सर्तकता अपनाउनुपर्ने भएकाले सुरक्षा संवेदनशीलता ख्याल गरेर डोरी र तारजाली लगाइएको हो।’ 

उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेश मैनालीले सुरक्षाका विषयमा सवै गम्भीर हुनुपर्ने बताए। ‘निषेधित क्षेत्र भनेपछि निषेधित नै हो,’ मैनालीले भने, ‘केही समयका लागि मात्रै एकतर्फी रूपमा फुटपाथ बन्द गरिएको हो।’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले निषेधित क्षेत्रको संकेत स्वरूप एकतर्फी फुटपाथ बन्द गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.