त्रिकोणात्मक टी -२० आई श्रृङ्खला : नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपाल
काठमाडौं : घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहान ११:३० बजेबाट खेल सुरु हुनेछ ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ को एकदिवसीय पहिलो सिरिज सकिएलगत्तै नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टि-२० सिरिजमा प्रतिस्पर्धा गरेका हुन्। यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुवात गर्नेछ। नेपाल रहेको समूह डी को विश्वकपमा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।