हुण्डी कारोबारी चिनियाँ नागरिक १२ लाखसहित पक्राउ

हुण्डी कारोबारी चिनियाँ नागरिक १२ लाखसहित पक्राउ
सुन्नुहोस्

काठमाडौं : हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ वर्षीय चिनियाँ नागरिक Zhou Jiayu लाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथमा रहेको झोलाबाट १२ लाख नगदसमेत बरामद गरेको छ। चिनियाँ नागरिक Zhou Jiayu ले नेपाली एक हजार नोट ८०० थान र ५ सयको नोट ८०० थानसहित पक्राउ परेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीमार्फत कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले भक्तपुरको गठ्ठाघर बस्ने उनलाई पक्राउ गरेको थियो। उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.