संसद भवन प्रवेश गर्ने मिटरव्याज-लघुवित्त पीडितलाई बिना सर्त रिहाई गर्न गृहमन्त्रीसँग एमालेको माग

संसद भवन प्रवेश गर्ने मिटरव्याज-लघुवित्त पीडितलाई बिना सर्त रिहाई गर्न गृहमन्त्रीसँग एमालेको माग
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने मिटरव्याज-लघुवित्त पीडितहरूलाई बिना सर्त रिहाई गर्न सरकारसँग माग गरेको छ।

बुधबार एमाले संसदीय दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्दै सरकारको सुरक्षाकमजोरीका कारण मिटरव्याज-लघुवित्त पीडितहरू संसद भवन प्रवेश गरको भन्दै उनीहरूलाई बिना सर्त रिहाई गर्दै मुद्दा नचलाउन माग गरेको हो। 

४८ जना महिला र एक जना पुरुष आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ। त्यस्तै एमालेले सुरक्षा कमजोरी गर्नेलाई कारबाही गर्न माग गरेको छ भने मिटरव्याज-लघुवित्त पीडितको माग सम्बोधन गर्ने सुनिश्चितता गर्नसमेत माग गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।

त्यस्तै बानेश्वर र सिंहदरबार वरिपरि सर्वसाधारणलाई हिंड्नसमेत रोक लगाएर तारवार लगाएको भन्दै यस्तो काम बन्द गर्न माग गरेको उनले बताए। जवाफमा गृहमन्त्रीले मिटरव्याज-लघुवित्त पीडितहरूको बिना सर्त रिहाई र मुद्दा नचलाउने गरी सहजीकरण गर्ने र मिटरव्याज-लघुवित्त पिडितको माग सम्बोधन हुनेगरी वार्तामा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको बर्तौलाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.