आमा–बुबा दुवैको निधन भएपछि तीन बालबालिकाको बिचल्ली

आमा–बुबा दुवैको निधन भएपछि तीन बालबालिकाको बिचल्ली
सुन्नुहोस्

वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ फरहदवामा आमा–बुवा दुवैको मृत्यु भएपछि उनीहरूका तीन नाबालिग छोराछोरी बिचल्लीमा परेका छन्। सम्पत्तिका नाममा एउटा फुसको घरमात्र रहेको र पालनपोषण गर्ने आमा–बुबा दुवैको तीन महिनाको अन्तरालमा मृत्यु भएपछि टुहुरा बनेका ती बालबालिका बिचल्लीमा परेका हुन्। 

१७ वर्षीया महिमा कुमारी, १५ वर्षीय करिमा कुमारी र १२ वर्षीय विकास कुमारकी आमा गौरी देवीको एक साता पहिले मृत्यु भएपछि उनको काजक्रिया गर्नसमेत समस्या भएको नातामा काका पर्ने धिरेन्द्र पञ्जियारले बताए।  

वैदेशिक रोजगारीका लागि खाडी मुलुक मलेसिया गएका बुवा जितेन्द्र पञ्जियारको तीन महिना पहिले त्यही मृत्यु भएको थियो। बुवाको सहारा गुमाएका तीन महिनापनि नबित्दै ती बालबालिकामाथि एक साता पहिले आमा गौरो देवीको पनि जटिल रोगका कारण मृत्युपछि फेरि अर्को बज्रपात पर्‍यो। क्यान्सर रोगबाट थलिएकी आमा गौरो देवीको पनि आवश्यक उपचारको अभावमा एक साता पहिले मृत्यु भयो।

 
सम्पत्तिका नाममा ओत लाग्ने एउटा सानो फुसको झुपडी मात्र भएका टुहुरा ती तीन बालबालिकासँग दिवंगत आमाको १३ दिनको काजक्रिया गर्ने खर्चपनि नभएको नातामा काका पर्ने धिरेन्द्र पञ्जियारले बताए। उनले भने,‘ तीन महिनाकै अन्तरालमा आमा–बुवा दुवै गुमाएका नाबालक दुई दिदीबहिनी र एक भाई बिचल्लीमा परेका छन्। उनीहरूको पालनपोषण र शिक्षादिक्षाको जिम्मा लिने कोही छैन।’

दिवंगत आमाको १३ दिने काजक्रियाको खर्चका लागि असक्षम भएको देखिएपछि आफूहरूले सहयोग सार्वजनिक अपिल गरेको र त्यसबाट केही रकम जुटेको नातामा काका पर्ने धिरेन्द्रले बताए। उनले भने,‘अहिलेसम्म विभिन्न दाताहरूबाट १ लाख १५ हजार रुपैयाँ नगद सहयोग संकलन भइसकेको जानकारी पनि उनले गराए।

यसैबिच १३ दिनको काजक्रियाका लागि वडाध्यक्ष बासु पञ्जियरले खाद्यान्न लगायतका सामान सहयोग गरेका छन्। वडाध्यक्ष पञ्जियारले चामल ६० किलो, आलु ५० किलो, प्याज ५ किलो, खाने तेल ५ लिटर र दाल ५ किलो सहयोग गरेका हुन्। टुहुरा तीन दिदीभाइका लागि सहयोग गर्न चाहने इच्छुकलाई सानिमा बैंकको खाता नम्बर ०६४०११०६०००१४९८ मा आर्थिक सहयोग गरिदिन  काका धिरेन्द्रले अनुरोध पनि गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.