मिटरव्याज पीडितले भेटे एमाले महासचिव, आवश्यक पहल गरिदिन अनुरोध

मिटरव्याज पीडितले भेटे एमाले महासचिव, आवश्यक पहल गरिदिन अनुरोध

काठमाडौं : मिटरव्याज पीडितहरूले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भेटेर आफ्ना माग पूरा गराउन आवश्यक पहल गरिदिन अनुरोध गरेका छन्। 

पार्टी केन्द्रीय कार्यालयमा भएको भेटमा महासचिव पोखरेलले मिटरव्याज पीडितहरूको आन्दोलनप्रति पार्टीको ऐक्यवद्धता रहेको र संसदबाट कानुनसमेत बनेको हुँदा सरकारले मिटरव्याजीहरूलाई कारबाही र पीडितहरूलाई न्याय दिनुपर्ने पार्टीको धारणा जानकारी गराएका थिए।

महासचिव पोखरेललाई भेट्न मिटरव्याज तथा ठगी विरूद्ध किसान मजदुर संघर्ष समिति नेपालका प्रवक्ता निर्ग नविनको नेतृत्वमा बोधकुमारी गिरी, उमेश गिरी र विशाल क्षेत्री एमाले मुख्यालग गएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.